महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम
| हाइलाईटहरु
मिति २०८०/१२/०७ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र फलेवास पर्वतको आयोजनामा मोदी गा.पा वडा न ६ तिलाहारमा मा अवस्थित नवजागृति वहुमुखी क्याम्पस को सभा हलमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोहि वडाका वडा अध्यक्ष्य श्री दिपेन्द्र जंग लामिछाने तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वतका कार्यालय प्रमुख डा कमलराज अधिकारी ज्युको सभाध्यक्षता रहेको थियो उक्त कार्यक्रममा मोदी गा.पा मा कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।