गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

क्षमता अभिवृद्धि तालिम


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको आयोजनामा पर्वत उद्योग वाणिज्य संघको सभाहलमा मिति २०८०/०३/२७ देखि २९ सम्म आयुर्वेद स्वास्थ्यकर्मीहरुका लागि क्षमता अभिवृद्धि तालिम तथा ३० गते आ.व.०७९/८० मा सम्पादित आयुर्वेद स्वास्थ्य कार्यक्रमहरुको समिक्षा संचालन सम्पन्न भएको छ । तालिममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा.रमेश के.सी., प्रवक्ता यबम आयुर्वेद चिकित्सक डा.नारायण श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका ब.तथ्यांक अधिकृत दिवाकर शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, म्याग्दीका प्रमुख आयुर्वेद चिकित्सक डा.मधुर जी ढकाल, पर्वत अस्पतालका डा. द्वय सरस्वती शर्मा र मानुषी पौडेल, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख सन्तोष पौडेल, प.नि.सु. नारायण प्रसाद रेग्मी साथमा जि.आ.स्वा.के.नि.प्रमुख डा.रामकृष्ण भूजेल मगरले सहजीकरण गर्नु भएको थियो