गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

केन्द्रका उद्देश्य


  • स्वास्थ्य केन्द्रमा आएका तथा आयुर्वेद औषधालयबाट प्रेषण गरिएका बिरामीहरुको चिकित्सा गर्ने

  • पंचकर्मका केहि सेवाहरु संचालन गर्ने
  • नेपाल सरकार/प्रदेश सरकारबाट प्राप्त औषधिहरुको सुव्यवस्थित ढंगबाट वितरण गर्ने गराउने
  • स्थानीय जडिबुटीबाट औषधि तयार गरी वितरण गर्ने
  • स्थानीय केन्द्रको परिसरमा नमूना जडिबुटी उद्यान बनाउने तथा औषधि जडिबुटीसंग सम्बद्ध वन, कृषि, सामुदायिक वन आदि सरकारी, गैर सरकारी निकायहरुसँग अन्तर संस्थागत समन्वय कायम गरी औषधि जडिबुटीहरुको उत्पादन, संकलन, संरक्षण, सम्वर्धन तथा त्यसको अधिकाधिक औषधिको रुपमा प्रयोग सम्बन्धमा सरोकारवालाहरुलाई तालिम गोष्ठी आदि गरी ज्ञान दिलाउने
  • स्थानीय जडिबुटीको लगत तथा हर्वेरियम तयार गर्ने
  • जिल्ला अन्तर्गत आयुर्वेद औषधालयहरुको प्राविधिक, प्रशासनिक, सुपरिवेक्षण मूल्यांकन गर्ने तथा अन्य कार्यक्रमहरुमा सहयोग गर्ने
  • जडिबुटी तथा बिरामीहरुको तथ्यांक केन्द्रमा उपलव्ध गराउने
  • अन्य विभागीय निर्देशन अनुसार गर्ने गराउने