गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम


"Resilience of Older Persons in a Changing World"

"ज्येष्ठ नागरिकको उत्थानशीलता बदलिंदो विश्वका लागि अपरिहार्यता"

अक्टोवर १, २०२२ अन्तरास्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उमेरको आधारमा ज्येष्ठ नागरिकहरु माथि हुने दुर्व्यवहार हटाई उहाँहरुको योगदानप्रति कृतज्ञता प्रकट गर्दै स्वास्थ्य, सम्मान र सत्कार अभिवृद्धिमा थप भूमिका खेल्ने प्रण गर्दै फलेवास नगरपालिका वडा नं ६, देबिस्थान स्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक सामुदायिक भवन ब्यबस्थापन समिति, सात कुरिया टोल विकास संस्था, चौबिस कुरिया टोल विकास संस्थाहरुको समन्वयमा ६७ जना जेष्ठ नागरिकहरुको निशुल्क रगतमा ग्लुकोजको मात्रा, रक्तचाप, स्वास्थ परिक्षण एबं परामर्श सहित आयुर्वेद औषधि वितरण गरिएको थियो ।

जेष्ठ नागरिकहरुको योगदानप्रति कृतज्ञता प्रकट गर्दै स्वास्थ्य, सम्मान र सत्कार अभिवृद्धिमा थप भूमिका खेल्ने प्रण गर्दै महाशिला गाँउपालिका वडा नं ५, लुँखुदेउराली स्थित चनाैटे प्रा.वि.काे प्रांगणमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, पर्वतका संचालन तथा व्यवस्थापन समिति अध्यक्ष्य श्री भवानी प्रसाद शर्मा ज्यू को सभाध्यक्षतामा वडा न. ५ का अध्यक्ष्य श्री चन्द्र ब. मल्ल ज्युको प्रमुख आतिथ्यतामा वडा सदस्य श्री राधा पाध्या, चनौटे प्रा.वि.का प्रध्यानाधापक श्री शालिग्राम शर्मा, प्रशाशन सहायक श्री भगवती पन्त, कालिका टोल विकास संस्था अध्यक्ष श्री भुवनेश्वर पन्त, समाजसेवी टोल विकास संस्था अध्यक्ष श्री टिकाराम शर्मा अतिथि रहेको कार्यक्रममा महाशिला गाँउपालिका ५ नं. वडा कार्यालय र नागरिक आरोग्य सेवा केन्द्र, जोरकाफलको समन्वयमा ४४ जना जेष्ठ नागरिकहरुको निशुल्क रगतमा ग्लुकोजको मात्रा, रक्तचाप, स्वास्थ परिक्षण एबं परामर्श सहित आयुर्वेद औषधि वितरण गरिएको थियो ।

साथै सोहि दिन बुद्ध प्रा.वि.को प्रांगणमा सम्पन्न कार्यक्रममा सभाध्यक्ष श्री भवानी प्रसाद शर्मा ज्यू, प्रमुख आतिथी वडा न. ५ का अध्यक्ष्य श्री चन्द्र ब. मल्ल, अतिथिहरु कार्यपालिकाको सदस्य श्री झलक नेपाली, वडा सदस्य श्री कमला कुस्मेली, बुद्ध प्रा.वि. प्रधानाध्यापक श्री सरस्वती उच्चई रहनु भएको कार्यक्रममा १२ जना जेष्ठ नागरिकहरुको निशुल्क रगतमा ग्लुकोजको मात्रा, रक्तचाप, स्वास्थ परिक्षण एबं परामर्श सहित आयुर्वेद औषधि वितरण गरिएको थियो ।

“मिलेर फालौ भ्रस्टाचारको जालो : सुशासन प्रवर्धनमा गरौ हातेमालो”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औ स्थापना दिवसको संयोग संगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको आयोजना एबं ३ नं. वडा कार्यालय, फलेवास न.पा. र शंकर पोखरी आयुर्वेद औषधालयको समन्वयमा राङथासदेउराली सामुदायिक भवनको प्रांगणमा ६६ जना जेष्ठ नागरिकहरुको निशुल्क रगतमा ग्लुकोजको मात्रा, रक्तचाप, स्वास्थ परिक्षण एबं परामर्श सहित आयुर्वेद औषधि वितरण गरि जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न भएको छ ।

फलेवास न.पा. ३ वडाध्यक्ष श्री अर्जुन बहादुर कार्की ज्युको सभाध्यक्षतामा संचालन भएको सो कार्यक्रमको प्रमुख आतिथी फलेवास न.पा. नगर प्रमुख श्रीमान गंगाधर तिवारी रहनु भएको थियो

जिल्ला आयुर्वेद स्वास्थ केन्द्र, पर्वतका निमित्त प्रमुख डा.रामकृष्ण भूजेल मगर ज्यूले कार्यक्रमको बारेमा प्रकाशपार्दै स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन शंकर पोखरी आयुर्वेदका बैद्य श्री मदन कुमार श्रेष्ठ गर्नु भएको थियो

"Health For All" 7th April-World Health Day

"सबैका लागि स्वास्थ्य" भन्ने मूल नाराका साथ विश्व स्वास्थ्य दिवसको सन्दर्भसंगै विहादी गा.पा. ३, रुम्टामा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन गरि ६८ जना जेष्ठ नागरिकहरुको निशुल्क रगतमा ग्लुकोजको मात्रा, रक्तचाप, स्वास्थ परिक्षण एबं परामर्श सहित आयुर्वेद औषधि वितरण गरि जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न भएको छ

मिति २०८० आषाढ १० गते नृसिंह मन्दिर परिसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, फलेवास, पर्वतको आयोजनामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, फलेवास, पर्वत संचालन तथा व्यवस्थापन समिति सदस्य श्री मीन प्रसाद शर्मा ज्युको सभाध्यक्षतामा कुश्मा नगरपालिका वडा नं.६, वडा सदस्य श्री सिता गिरि, नृसिंह मन्दिर गुठि अध्यक्ष श्री केशाबदास वैरागी, उपाध्यक्ष, सदस्य, निवर्तमान अध्यक्ष, समाजसेवीहरुको आतिथ्यतामा नृसिंह मन्दिर, लक्ष्मी नारायण मन्दिर तथा मोदीवेणी जेष्ठनागरिक आश्रममा आश्रित जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण तथा च्यावनप्राश, रेश आयल, अविपत्तिकर, आमालाकी, अश्वगन्धा, जमुनबिज, योगराज गुग्गुल, चन्द्रप्रभा वटी लगायतका आयुर्वेद औषधिहरु वितरण गरी जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमका सम्पन्न भयो 

जलजला गाउँपालिका तथा नागरिक आरोग्य सेवा केन्द्र, फड्केढुँगाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, फलेवास पर्बतको आयोजनामा  जलजला गाउँपालिका उपाध्यक्ष श्री दिपक आचार्य ज्युको सभाध्यक्षता, आचार्य पण्डित श्री भीमनाथ पराजुली ज्युको प्रमुख आतिथ्यता, प्र.अ. श्री अर्जुन शर्मा ज्युको विशिष्ट आतिथ्यता एबं ७ नं. वडाध्यक्ष श्री तुंगनाथ शर्मा ज्युको उपस्थितिमा गण्डकी गोपाल गौशाला परिसर, जलजला गाउँपालिका ७ मा ४२ जना जेष्ठ नागरिकहरुको रक्तचाप, रगतमा ग्लुकोजको मात्रा परिक्षण गरि स्वास्थ्य परामर्श प्रदान गर्दै च्यावनप्राश, दशमूल तेल, अश्वोगंधा, आमलकी, त्रिफला, अविपत्तिकर आदि आयुर्वेद औषधिहरु नि:शुल्क वितरण गरि जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सम्पन्न गरियो