गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अभिमुखिकरण


 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्बतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा लुंखुदेउरालीमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भसंगै मंसिर २० र २१ गते राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि २ दिने आयुर्वेद अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महाशिला गाउँपालिका उप प्रमुख श्री धनसुबा बि.क., वडा नं ५ का वडाध्यक्ष्य तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको थियो । २३ जना महिला स्वयंसेविका सहभागी २ दिने अभिमुखीकरण कार्यक्रममा पहिलो दिन आयुर्वेद कार्यक्रमहरुको प्रस्तुतीकरण एवं कार्यक्रमको दोस्रो दिन योगाभ्यास एबं प्रशिक्षण पश्चात सहभागीहरुको रक्तचाप तथा रगतमा चिनीको मात्र परिक्षण गरि समापन भएको थियो ।

यसै गरी यस्तै प्रकृतीकाे द्राेस्राे कार्यक्रम जलजाला गा.पा.मा सम्पन्र भएकाे छ । ३७ जना महिला स्वयंसेविका सहभागी २ दिने अभिमुखीकरण उद्घाटन कार्यक्रममा जलजला गाउँपालिका उप प्रमुख, वडाध्यक्ष्य तथा स्वास्थ्य शाखा प्रमुखको उपस्थिति रहेको पहिलो दिन आयुर्वेद कार्यक्रमहरुको प्रस्तुतीकरण एवं दोस्रो दिन योगाभ्यास एबं प्रशिक्षण पश्चात सहभागीहरुको रक्तचाप तथा रगतमा चिनीको मात्र परिक्षण गरि समापन भएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्बतको आयोजना तथा मोदी गाउँपालिकाको समन्वयमा मोदी सभाहल पातिचौरमा २०८० जेष्ठ १० र ११ गते राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि २ दिने आयुर्वेद अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मोदी गाउँपालिका, गाउँ कार्यपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत झक प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योजना शाखा अधिकृत दिनेश शर्मा, स.सु. नारायण पौडेल, राम्जा देउराली आयुर्वेद औषधालयका वैद्य कृष्ण देव सिंह लगायत ३ वडा (२,५,६) बाट सहभागीको रुपमा उपस्थित राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाहरुको उपस्थितिमा संम्पन कार्यक्रमको संचालन मोदी गाउँपालिका आयुर्वेद शाखा प्रमुख प्रकाशचन्द्र सुबेदीले गर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक बैद्य द्रोणा गिरिले राख्नु भएको कार्यक्रमको सभाध्यक्षता डा.रामकृष्ण भूजेल मगरको रहेको थियो .

२९ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु सहभागी २ दिने अभिमुखीकरण कार्यक्रमको पहिलो दिन आयुर्वेद कार्यक्रमहरुको प्रस्तुतीकरणको साथ कर्पोरेट योग अभ्यास एवं कार्यक्रमको दोस्रो दिन बिहानी सत्रमा योगाभ्यास एबं प्रशिक्षण पश्चात सहभागीहरुको रक्तचाप तथा रगतमा चिनीको मात्र परिक्षण गरि खानाको सत्रपछी आयुर्वेद सेवा सम्बन्धि अन्तरक्रिया गरि समापन भएको थियो ।