गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम


 

  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र,पर्वत को आयोजनामा संचालन भएको "विधालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" २०७९चैत्र१८ देखि ३ कार्य दिन पुरा गरि सम्पन्न भएको कार्यक्रममा श्री राम मा. वि., श्री त्रिभुवन मा. वि. र श्री. जनसहयोगी मा. वि. का प्रधानाध्यापक सहित १५ जाना शिक्षक शिक्षिका , शंकरपोखरी स्वास्थ्य चौकी प्रमुख निर्मल पौडेल फलेवास नगरपालिका ३ नं वडा कार्यालय सचीव अर्जुन प्रसाद तिवारी लगायत अन्य कर्मचारीको सहभागिता थियोे
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सन्दर्भ सामग्री "विद्यालय आयुर्वेद तथा योग शिक्षा पुस्तिका" लाई विद्यालयमा आवश्यक तयारी पुरा गरि यथाशिघ्र शुरुवात गर्ने प्रतिबद्धता गर्दै फलेवास नगरपालिका अन्तर्गतका पाँच मा.वि. (श्री भवानी विद्यापीठ, श्री जनता, श्री माटेदेवल, श्री ध्रुव नमुना, श्री फलेवास मोडेल) का प्रध्यानाध्यापक सहित १२ जना शिक्षक शिक्षिकाहरुका साथ फलेवास नगरपालिकाका नगर शिक्षा अधिकारी, स्वास्थ्य शाखा प्रमुख लगायतका व्यक्तित्वहरु सम्मिलित ४ दिने आयुर्वेद तथा योग शिक्षा कार्यक्रम मिति २०७९/१२/२६ देखि २९ गते सम्म श्री भवानी विद्यापीठ मा.वि., खानीगाउँमा सम्पन भयो
  • जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, पर्वतको समन्वयमा मिति २०८०/०१/०८ देखि १६ गते सम्म कुश्मा स्थित विद्यालयका शिक्षक शिक्षिकाहरुका लागि ९ दिने विद्यालय आयुर्वेद तथा योग शिक्षा (TOT) कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सन्दर्भ सामग्री "विद्यालय आयुर्वेद तथा योग शिक्षा पुस्तिका" लाई विद्यालयमा आवश्यक तयारी पुरा गरि यथाशिघ्र शुरुवात गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन भयो
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्बतको आयोजना तथा फलेवास नगरपालिकाको समन्वयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सन्दर्भ सामग्री "विद्यालय आयुर्वेद तथा योग शिक्षा पुस्तिका" लाई आधार मानी फलेवास नगरपालिका अन्तर्गतका चार मा.वि. (श्री भवानी विद्यापीठ, श्री जनता, श्री माटेदेवल, श्री फलेवास मोडेल) का कक्षा ९ र १० का जम्मा २० जना छात्र छात्राहरुलाई ४ दिने आयुर्वेद तथा योग शिक्षा कार्यक्रम मिति २०८०/०३/१३ देखि १६ गते सम्म श्री फलेवास मोडल अंग्रेजी आवासीय मा.वि., देविस्थानको सभाहलमा सम्पन्न भयो