संगठित रुपमा योग संचालन कार्यक्रम
"दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा - निरोगी नेपाल निर्माणमा हाम्रो टेवा"
स्वस्थ्य सेवा दिवस २०७९ को अवसरमा फलेवास नगरपालिकाको सभाहलमा फलेवास नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुका साथ संगठित रुपमा योग संचालन कार्यक्रम सम्पन्न
तेसै गरी पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीमान् प्रेम प्रसाद आचार्य ज्युको प्रमुख आतिथ्यता एबं सहायक प्रमुख जिल्ला अधिकारी श्री गणेश प्रसाद पौडेल, चार वटै सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी मिलन केन्द्र, पर्वतका अध्यक्ष लगायत पर्वत जिल्ला स्थित सम्पूर्ण कार्यालयका कार्यालय प्रमुखहरुको समुपस्थितिमा जिल्ला प्रशासन कार्यालय, कुश्मा पर्वतको सभाहलमा सम्पन्न संगठित रुपमा योग कार्यक्रम (Corporate Yoga) मा आगामी महिना देखि प्रत्येक महिनाको ५ गते संचालन हुने पर्वत जिल्ला स्थित कार्यालय प्रमुखहरुको बैठकको शुरुवात कर्पोरेट योग अभ्यासबाट शुरु गर्ने निर्यण संगै संगठित रुपमा योग कार्यक्रम (Corporate Yoga) सम्पन भयो
10