गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

आयुर्वेद स्वास्थ्य संस्थाहरुमा MSS कार्यान्वयन


 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको आयोजना तथा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राविधिक सहयोगमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको न्यूनतम सेवा मापदण्ड पहिलो लेखाजोखा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वत ब्यबस्थापन समिति अध्यक्ष श्री भवानी प्रसाद शर्मा ज्युको अध्यक्ष्यतामा संचालित आयुर्वेद स्वास्थ्य संस्था सुदृढिकरण कार्यक्रम न्युनतम सेवा मापदण्ड (MSS) को प्रस्तुतिकरणमा मुख्य श्रोतब्यक्तिको रुपमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, म्याग्दीका प्रमुख डाक्टर मधुरजी ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका कार्यक्रम संयोजक श्री नबराज शर्मा र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतले यस आ.व.को पहिलो लेखाजोखामा ५६ % अंक प्राप्त गरेको छ ।