गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र

फलेवास, पर्वत

आयुर्वेद चिकित्सक

डा.कमलराज अधिकारी

सूचना अधिकारी

चन्द्र प्रसाद आचार्य


cpacharya123@gm

हाम्रो बारेमा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्वतको स्थापना वि.सं २०५१ सालमा भएको हो । प्रारम्भमा यो नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद विभाग अन्तर्गत  फलेवास, पर्वतमा स्थापना भएको हो । संघिय गणतन्त्र स्थापना भइ सात प्रदेशको  विभाजन पश्चात यस कार्यालय गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहन गयो । हालै गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछी भने यस कार्यालय गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको छ । विगतमा यस कार्यालयले शंकर पोखरी आयुर्वेद औषधालय, पैयुँहटिया आयुर्वेद औषधालय, शालिग्राम आयुर्वेद औषधालय र राम्जा देउराली आयुर्वेद औषधालय गरी हाल विभिन्न स्थानीय तहमा रहेका ४ आयुर्वेद औषधालय समेतको आर्थिक-प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो । संघियता पछी आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भइरहेका छन् ।

भौगोलिक अवस्थिति एवं पूर्वाधार


सदरमुकाम कुश्मा देखि २४.३ कि.मी.को दुरीमा फलेवास नगरपालिका-६, देवीस्थानमा अवस्थित यस कार्यालय नेपाल स्वास्थ्य सेवा नियमावली-२०५५(चौथो संशोधन)को अनुसूची ११को भौगोलिक वर्गीकरण बमोजिम अतिदुर्गम क २ मा पर्दछ । कार्यालयको २०५६ सालमा निर्माण भएको १३ आना जग्गामा बनेको आफ्नै १० कोठे दुइ तलाको पक्कि भवन छ। यस भवनमा प्रशासनिक कक्ष, कार्यालय प्रमुख कक्ष, बिरामी परिक्षण कक्ष, स्टोर एवं औषधि भण्डारण कक्ष, पंचकर्म कक्ष र ल्याब.कक्ष छन् । यससंगै बाकि कोठाहरुलाई कर्मचारी आवासको रुपमा प्रयोग गरिएको छ । हरियाली वनस्पतिले घेरिएको यस कार्यालयको आँगनमा ३० भन्दा बढी प्रजातिका रुख र जडीबुटी-वनस्पतिहरु रहेका छन् ।


समाचार तथा गतिविधि